सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट जारी र जवरजस्ती करणी मुद्दामा फरार ४ जना पक्राउ 

२०८२ पुष १८, ०७:५० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट जारी र जवरजस्ती करणी मुद्दामा फरार ४ जना पक्राउ परेका छन्।

जवरजस्ती करणी मुद्दामा २ महिना १ दिन कैद सजाय र ३ हजार जरिवाना तोकिएको लालझाडी गाउँपालिका–२ कञ्ज बस्ने ५१ वर्षीय राम दत्त राना, सोही मुद्दामा ३ वर्ष ६ दिन कैद सजाय तोकिएको बेलौरी नगरपालिका–५ कुरिया बस्ने २९ वर्षीय रंजित विक, जारी मुद्दामा १ महिना १५ दिन कैद सजाय र १ हजार ५ सय जरिवाना तोकिएको शुक्लाफाँटा नगरपालिका–६ कस्रौल बस्ने ४५ वर्षीय खडक सिहं सेठी र लागूऔषध मुद्दामा ११ दिन कैद सजाय तोकिएको भीमदत्त नगरपालिका–१८ भगतपुर बस्ने २० वर्षीय दिपक सिह महरा पक्राउ परेका हुन्।

जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चारै जनालाइ बिहीवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस