सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधिसभा निर्वाचन : कालीकोटमा तयारी तीव्र

२०८२ पुष १६, ०२:४८ रासस

कालीकोटः कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन्। आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनका लागि एक हजार ७७२  थप भएका हुन्। 

नयाँ मतदातासँगै जिल्लामा मतदाता सङ्ख्या ८४ हजार ६४६ पुगेको छ। यसमा पुरुष मतादाता सङ्ख्या ४४ हजार ६०३ र महिला मतदाता सङ्ख्या ४० हजार ४३ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

यसअघि भने २०७९ निर्वाचनमा महिला थारैले पछि रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धनबहादुर मल्लले बताए। उनका अनुसार २०७९ सालको निर्वाचनमा ८२ हजार ८७४ मतदाता थिए।

सूचना अधिकारी मल्लका अनुसार नौ स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता नरहरीनाथ गाउँपालिकामा पुरुष छ हजार ८६७ जना र महिला छ हजार १९६ जना गरी १३ हजार ६३ जना रहेका छन्। यसपछि खाँडाचक्र नगरपालिकामा पुरुष छ हजार १२८ र महिला पाँच हजार ८११ जना गरी जम्मा ११ हजार ९३९ छन्। 

त्यसैगरी रास्कोट नगरपालिकामा दश हजार ५१६ जना, तिलागुफा नगरपालिकामा दश हजार १२५ , शुभ कालिका गाउँपालिकामा नौ हजार ३०९, पलाँता गाउँपालिकामा आठ हजार ६७६, सान्नीत्रिवेणी गाउँपालिका सात हजार ८८० जना, पचालझरना गाउँपालिकामा सात हजार ५३८ र महावै गाउँपालिकामा पाँच हजार ६०० मतदाता रहेका छन्।
जिल्लामा १०३ मतदान स्थल र १२७ मतदानकेन्द्र कायम गरिएका छन्। 
 

कमेन्ट लोड गर्नुस