आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौँः स्थानीय बजारमा बुधवार सुनको मूल्य घटेको छ।
मंगलबारको तुलनामा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ घटेको छ। यसअघि मंगलबार पनि सुनको मूल्यमा भारी गिरावट आएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० र सोमबार २ लाख ७० हजार रुपैयाँ कायम भएको थियो।
यस्तै आइतबार २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको थियो। जुन मूल्य हालसम्मकै उच्च भएकामा सुनको मूल्य पुनः घट्न पुगेको हो। यस्तै बुधवार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा ४ हजार ९५० रुपैयाँ पुगेको चाँदीको मूल्य बुधवार घटेर ४ हजार ४७० रुपैयाँ कायम भएको हो। अन्तर्राष्ट्रिय बजारमा घटबढ हुँदा सुनचाँदीको मूल्य स्थानीय बजारमा पनि फेरबदल हुँदै आएको छ।