सुदूर नेपाललाई विश्वसँग जोड्दै

अंग्रेजी नयाँ वर्षको अवसरमा सौंराई स्क्वायरमा मनोरञ्जनात्मक कार्यक्रम

२०८२ पुष १६, ०९:३४ खबर संवाददाता

धनगढीः अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा सौंराई स्क्वायरमा मनोरञ्जनात्मक ‘न्यू इअर इभ’ कार्यक्रम हुने भएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–४ शहीद गेटमा रहेको सौंराई स्क्वायरले अंग्रेजी नयाँ वर्षको अवसरमा ‘न्यू इअर इभ’ २०२६ को विषेश कार्यक्रम आयोजना गर्ने भएको हो। अंग्रेजी नव वर्षको अवसरमा आज पुस १६ गते साँझ ७ः०० बजेदेखि राति १२ः०० सम्म ‘न्यू इअर इभ’ कार्यक्रम सञ्चालन हुने सौंराइ स्क्वायरका सञ्चालक उमेश बिक्रम शाहले बताएका छन्।

‘न्यू इअर इभ’ २०२६ मा रामचन्द्र काफ्ले, जुनु रिजाल काफ्ले, सनम परियारको विशेष प्रस्तुति रहने छ भने कमेडियन प्रेम पौडेलको प्रस्तुति रहने सञ्चालक शाहले बताएका छन्। साथै कार्यक्रममा मोडेल पुष्पा बोहरा र अनु खड्काको समेत प्रस्तुति रहने शाहले जानकारी दिए। रमा चन्द र गुनाकर पनेरुको उद्घोषणमा भइरहेको कार्यक्रममा आयोजक सौंराइ स्क्वायरले सबैलाई निमन्त्रणा समेत गरेको छ।

कमेन्ट लोड गर्नुस