सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८२ पुष १६, ०७:०९ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–७ कम्पनी टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३६ हजार ७५० मूल्य बराबरको सामान बरामद गरिएको हो। उक्त मूल्य बराबरको चिनी, बिडी, सावुन, सरप, दाल लगायतका सामान वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

 यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–४ सब्जिमन्डीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३९ हजार २२० बराबरको सामान प्रहरीले बरामद गरेको छ। कञ्चनपुरबाट भन्सार छलीका तरकारी, मिठाई लगायतका सामान वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस