डोटेली समाजद्वारा पुस १५ विशेष कार्यक्रम
धनगढी: डोटेली समाजले आगामी पुस १५ गते धनगढीस्थित शुभ श्री प्यालेसमा विशेष कार्यक्रम आयोजना गरी पुस १५ मनाउने तयारी गरेको छ। कार्यक्रमबारे जानकारी दिँदै समाजका संस्थापक अध्यक्षले सबै डोटेली समुदायलाई सहभागी हुन आग्रह गरेका छन्।
यस अवसरमा, विगत केही समयदेखि निष्क्रिय अवस्थामा रहेको डोटेली समाजलाई पुनः सक्रिय, सशक्त र प्रभावकारी बनाउने उद्देश्यले पुनर्गठनसम्बन्धी गम्भीर छलफल गरिने जनाइएको छ। पुनर्गठन प्रक्रियामा डोटेली समुदायका प्रत्येक क्षेत्रबाट एक–एक जना प्रतिनिधि समेट्ने प्रस्तावलाई प्राथमिकताका साथ अघि बढाइने बताइएको छ।
समाजलाई थप सुदृढ र एकताबद्ध बनाउन सबैको सक्रिय सहभागिता र सहयोग आवश्यक रहेको उल्लेख गर्दै कार्यक्रम सफल पार्न सबैमा आह्वान गरिएको छ। उक्त जानकारी डोटेली सामाजिक अभियन्ता सुरेन्द्र बोहराले दिएका हुन्।