सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले लाखौँ विरुवा कहाँ रोप्यो : सांसद सिंह

। फोटो स्रोत ।
२०७६ साउन २६, ०१:३४ खबर संवाददाता

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकारलाई लाखौँ विरुवा कहाँ रोपेको हो भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा कृषि मन्त्रालयले पेश गरेको विरुवा संरक्षण विधेयकमाथि आफ्नो धारणा राख्दै यस्तो आग्रह गरेका हुन्। ‘फास्ट ट्रयाक निर्माणका बेला रुख काट्दा सरकारले लाखौँ विरुवा रोप्ने भनेर चर्चा गरेको थियो। ती रोप्ने भनिएका विरुवा चन्द्रमा छ कि, मंगल ग्रहमा छ कि वा यही नेपालको धरतीमा छ’, उनले प्रश्न गरे।

यस्तै उनले त्यसबेला काटिएका रुखबाट आएको आम्दानी देखाउन पनि सरकारसँग माग गरे। एउटाले विरुवा रोप्ने अर्कोले रुख काट्ने प्रवृत्ति देखिएको भन्दै उनले कृषि मन्त्रालय र वन मन्त्रालयल दुवैले संयुक्त रुपमा रुख विरुवा संरक्षणमा समान धारणा बनाउन पनि उनको आग्रह छ।
 

कमेन्ट लोड गर्नुस