टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ
धनगढीः कैलालीको टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
कैलालीको टीकापुर नगरपालिका–९ खक्रौला स्थित चेक पोष्ट नजिकबाट बर्दियाको गेरुवा गाउँपालिका–२ शान्तिबजार बस्ने २५ वर्षीय लालबहादुर विक लागूऔषधसहित पक्राउ परेका हुन्। विकको साथबाट २८० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।