सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय तहमा पराजीत उम्मेदवारले विकास र समृद्धीका लागि खबरदारी गर्न नसकेको आरोप

२०७६ साउन २६, १२:०६ जनक विष्ट

स्थानीय तहमा पराजीत भएका उम्मेदवारहरुले विकास र समृद्धिका लागि सशक्त रुपमा खवरदारी गर्न नसकेको आरोप लागेको हो। स्थानीय तहको कार्यपालिकामा प्रदेश र संघिय संसदमा जस्तै सत्ता सञ्चालन गर्ने संगै प्रतिपक्षी पनि आमने सामने नहुने भएपनि पराजीत उम्मेदवार नै प्रतिपक्षीको भुमिकामा छन्। तर पराजीत उम्मेदवारहरु प्रतिपक्षीको भुमिकामा नदेखिएको विश्लेषण गरिएको छ।

कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक एवंम अर्थशास्त्री दमन चलाउनेले पराजीत उम्मेदवार सशक्त खबरदारी गर्न नसकिएको आफूले पाएको बताए। स्थानीय तहमा सत्ता चलाईरहेकाहरुले के गरिरहेका छन् भन्ने विषयमा पराजीत भएकाहरुलाई चाँसो हुनुपर्ने थियो तर अहिले सम्म चाँसो दिएको नदेखिएको चलाउनेले जनाए।

पार्टीको कार्यक्रम भएका बेला विरोध सत्ता सञ्चालकको विरोध गरेको देखिएपनि कार्य सम्पादनका विषयमा सल्लाह गर्ने र सुझाव दिने कर्तव्य  निर्वाह नगरेको उनको टिप्पणी छ। तर पराजीत उम्मेदवारहरुले भने स्थानीय तहमा आफूहरु सशक्त रुपमा प्रतिपक्षीको भुमिका निभाईरहेको दावी गर्दैै आाएका छन्।

उनीहरुले जनचाहाना विपरीत सम्पादन गरिदै आएका काममा सशक्त खबरदारी गरिरहेको भएपनि बहुमतको दम्भका कारण एकलौटी गरिरहेको आरोप समेत लगाएका छन्। कैलालीको गोदावरी नगरपालिकाको मेयरमा पराजीत भएका नेपाली कांग्रेसका नेता विरेन्द्र भट्टले नेतृत्व रहेका व्यक्तिलाई यो बिचमा पटक पटक खबरदारी गर्दै सुझाव दिएपनि ग्रहण नगरिएको पाईएको दावी गरे।

उनले बहुमतको दम्भले स्थानीय तहमा पनि कार्य सम्पादन हुँर्दै आएको आरोप लगाएका छन्। कतिपय पराजीत उम्मेदवारहरुले भने वडा र पालिका स्तरमा कार्यान्वयन भएका योजनाहरुको अनुगमन गर्दै बदमासी भएको देखिए सुधार गर्न सुझाव दिने गरेको जिकिर गरेका छन्।

कैलालीको गौरिगंगा नगरपालिकाको मेयरमा पराजीत भएका दिनेशराज जोशीले पालिकाका सबै वडामा कार्यान्वयन भएका योजनाको सुक्ष्म ढंगले अनुगमन गरिरहेको जनाए। उनले गलत भएको काममा खबरदारी गर्ने र जनतालाई सुसुचित गर्न कार्यमा आफू अहोरात्र खटिएको जिकिर गरे।

कैलारी गाउँपालिकाको अध्यक्षमा पराजीत भएका कांग्रेसकै नेता राजसमझ चौधरीले पनि आफू निरन्तर खबरदारीमा रहेको दावी गरे। तर कतिपय पराजीत उम्मेदवार भने गुमनाम नै भएको स्थानीयहरुले समेत बताउँदै आएका छन्। धेरैलाई चुनावका बेला लागेको ऋण नै टाउको दुखाईको विषय भएका छ त्यसैले पनि कतिपय उम्मेदवार विदेश पलायन भईसकेको पनि बताईदै आएको छ।  
  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस