सुदूर नेपाललाई विश्वसँग जोड्दै

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेड धनगढी कलस्टरले २१औ वाषिर्कोत्सवको अवसरमो गर्यो कपडा सहयोग

२०८२ पुष १३, ०२:५९ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ १७६ थान कपडा सहयोग गरिएको छ।

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेड धनगढी कलस्टरले आफ्नो २१औ वाषिर्कोत्सवको अवसरमा कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो। 

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ। 

हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।
 

कमेन्ट लोड गर्नुस