सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तराष्ट्रिय यूवा दिवसको अवसरमा धनगढीमा प्रभात फेरी

२०७६ साउन २६, १०:४७ खबर संवाददाता

२० औं अन्तराष्ट्रिय यूवा दिवसको अवसर पारेर आईतबार धनगढीमा प्रभात फेरी गरिएको छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, धनगढी उप–महानगरपालिका र यूवा समिति धनगढीको आयोजनामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो। धनगढी उप–महानगरपालिका कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरी सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय परिसरमा पुगेर कोण सभामा परिणत भएको थियो।

प्रभातफेरीमा कैलालीमा क्रियाशिल संघसंस्था, बिभिन्न कार्यालय, विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहेको थियो। कोणसभामा बोल्दै समाजिक विकास मन्त्री कृष्ण सुवेदीले यूवाहरुका क्षेत्रमा आफुहरुले काम गरिरहेको बताए। 

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले यूवाहरुलाई उद्यमशिलतामा नलगाए सम्म समृद्धी ल्याउन नसकिने बताए। २० औं अन्तराष्ट्रिय यूवा दिवसको अवसरमा सेती अस्पतालका बिरामीहरुलाई फलफुल समेत वितरण गरिएको छ।  
 

कमेन्ट लोड गर्नुस