सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले शिक्षा र खेलकुद क्षेत्रमा पनि अपेक्षाकृत प्रगती गर्न सकेन

२०७६ साउन २६, ०६:४२ रोशन भट्ट

सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा शिक्षा र खेलकुद क्षेत्रमा पनि अपेक्षाकृत रुपमा प्रगती गर्न नसकेको पाईएको छ। प्रदेश सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको दावी गरेपनि उपलब्धीपूर्ण काम भने नभएको पाईएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रगती प्रतिवेदनमा शिक्षा क्षेत्रमा ६५ प्रतिशत प्रगती भएको दावी गरेका छ। तर प्रदेशको आवश्यकता अनुसार काम नभएको देखिएको हो। सामाजिक विकास मन्त्रालयले शिक्षा क्षेत्रका योजना कार्यान्वयन गर्न सम्वन्धीत नीकायसंग समन्वय समेत नगरेको आरोप लागेको छ। अनुभुती हुने र देखिने खालका काम नभएको शिक्षक महासंघ कैलालीका अध्यक्ष भिम बहादुर बलायरले बताए। उनले सवै निकायसंग प्रदेश सरकारले समन्वय समेत गर्न नसकेको बताए। 

खेलकुद तर्फ प्रदेशको सामाजिक विकास मन्त्रालयले नै नयाँ उत्पादन हुने खेलाडीहरुको लागि प्रोत्सान गर्ने उद्धेश्यका साथ सुदूरपश्चिमकका ३२ वटा निर्वाचन क्षेत्रमा खेल मैदान निर्माण गएिको वर्षिक प्रगती प्रतिवेदनमा उल्लेख गरेको छ। विभिन्न विद्यालयहरुलाई खेल सामाग्रीहरु वितरण गरिनु र विभिन्न खेलकुद प्रतियोगिताहरु संचालन गर्दै खेल क्षेत्रमा राम्रा कामको सुरुवात गरेको दावी पनि गरिएको छ। तर प्रदेश सरकारले आयोजना गरेको प्रथम मुख्यमन्त्री कप प्रतियोगितामा सहभागी भएका खेलाडीले अहिले सम्म पुरस्कार पाएका छैनन् भने गौरवको योजनाको रुपमा रहेको फाप्लाका लागि आएको बजेट पनि फ्रिज गएको छ। सुदूरपश्चिम क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष लाल बहादुर शाहीले पनि सरकारको काम सन्तोषजनक नभएको बताए। 

सामाजिक विकास मन्त्रालयको वार्षीक प्रगती प्रतिवेदन अनुसार शिक्षा क्षेत्रमा एक सय ७५ विद्यालय भवन निर्माण, ३२ क्याम्पस भवनहरुको निर्माण, सामुदायीक तथा सार्वजनिक पुस्तकालयहरुमा पुस्तक वितरण संगै पुस्तकालयहरुमा संरचनात्कम सुधार, प्राविधिक धारका विद्यालयलाई शैक्षिक सामाग्रीहरु वितरण, शिक्षकहरुलाई तालिम, पहाडी जिल्लाका विद्यालयहरुलाई खाद्यान्य सामाग्री वितरण, विद्यार्थीहरुलाई छात्रबृत्ति उपलब्ध लगायतका अन्य कामहरु उत्कृष्टमा राखिएको छ। अधिकासं विद्यालय तथा क्याम्पसका भवनहरुको निर्माण कार्यले पुर्णता भएको छैन। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकरबहादुर विष्टले शिक्षा र खेलकुद क्षेत्रमा धेरै कामहरु भएको र विस्तारै उपलव्धी देखिने बताए। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस