सुदूर नेपाललाई विश्वसँग जोड्दै

होटल तथा पर्यटन ब्यवसायी महासंघ सुदूरपश्चिमको अध्यक्षमा खड्का

२०७६ साउन २६, ०६:३२ खबर संवाददाता

होटल तथा पर्यटन ब्यवसायी महासंघ सुदूरपश्चिमको अध्यक्षमा दीपक वहादुर खड्का चयन भएका छन्। होटल व्यवसायी संघ डोटीका अध्यक्ष समेत रहेका खड्को अध्यक्षतामा होटल तथा पर्यटन ब्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समिति गठन गरिएको हो। डडेल्धुरामा भएको प्रदेश स्तरीय भेलाबाट उनको अध्यक्षमा १५ सदस्यीय कार्य समिति गठन भएको हो।

होटल व्यवसायी संघ डडेल्धुराको आयोजनामा भएको भेलाले उक्त समिति गठन गरेको हो। भेलाबाट उपाध्यक्षमा नरेन्द्रबहादुर शाही, सचिवमा रमेश प्रशाद जोशी, कोषाध्यक्षमा धना देवी चोखाल चयन भएका छन्। सदस्यहरुमा यज्ञराज बोहरा, दिपक रावल, देब बहादुर खड्का, बासुदेब भट्ट, देब सिह महरा, ईश्वरी जोशी, कृष्णबहादुर बानिया, भगत बहादुुर थापा, धनि थापा र सिता देवी चौधरी रहेका छन्। 

होटल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष पदमराज अबस्थिको प्रमुख आथित्यमा कार्यक्रम भएको हो। भ्रमण बर्ष २०२० लाई समेत महासंघले सघाउन अध्यक्षले खड्काले बताए। 
 

कमेन्ट लोड गर्नुस