सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको सन्जिवनी मोबाइल सम्मानित 

२०८२ पुष ११, ०६:५७ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीमा रहेको सन्जिवनी मोबाइल सम्मानित भएको छ।

सुदूरपश्चिममा पहिलो पटक सन्जिवनी मोवाइलले सामसुङ कम्पनीको फ्ल्यागसीप मोडलको एक सयभन्दा बढी मोबाइल बिक्री गर्न सफल भएकोमा सम्मानित भएको हो। सामसुङ कम्पनीले छोटो समयमा एउटै मोडेलको एक सयभन्दा बढी मोबाइल बिक्री गर्न सफल भएको भन्दै सम्मानित भएको सञ्चालक सुवास बमले बताए।

कम्पनीको तर्फबाट भएको बधाइ कार्यक्रममा पहिलो सफलताको शिखर चढ्न सफल हुन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्न हुने सन्जिवनी मोवाइलका ग्राहकवर्ग, इष्टमित्र, साथीभाइ, शुभचिन्तक तथा हाम्रा साझेदारहरु दिनेश ट्रेडिङ हाउस धनगढी, गड्तोला बिजनेश हाउस धनगढी, आइएमएस नेपाल, सामसन नेपाल र सन्जिवनी मोवाइलका हरेक सदस्यहरुप्रति सञ्चालक बमले आभार व्यक्त गरेका छन्।

कमेन्ट लोड गर्नुस