सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपद व्यवस्थापनमा स्थानीय तहको क्षमता अभिबृद्धिका लागि धनगढीमा तालिम

२०७६ साउन २५, ०७:२३

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीका लागि धनगढीमा विपद व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिएको छ। सामाजिक विकासका लागि सचेत समाजले जनप्रतिनिधी र कर्मचारीका लागि धनगढीमा आजदेखि दुईदिने तालिम सञ्चालन गरेको हो। तालिममा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई विपद पूर्व तयारी, विपद सम्बन्धी योजना तथा कोष सञ्चालन, उद्धार, राहत वितरण, पूर्व सूचना प्रणाली तथा विपद व्यवस्थापन प्रणालीको बारेमा जानकारी दिईनेछ। कार्यक्रमको सहयोगी संस्था वल्र्ड भिजन नेपाल धनगढीका प्रमुख  नित्यानन्द पाण्डेले १३ वटै स्थानीय तहका जनप्रतिनिधी र कर्मचारीलाई विपद व्यवस्थापन सम्बन्धी तालिम दिईन लागेको बताउनुभयो। उहाँले विपद व्यवस्थापनमा स्थानीय तहले भोग्नु परेका समस्याका विषयमा समेत छलफल भईरहेको जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस