सुदूर नेपाललाई विश्वसँग जोड्दै

उसु प्रतियोगिताको उपाधी हिलवल्र्ड स्कुललाई

२०७६ साउन २५, ०७:१३ खबर संवाददाता

प्रथम जिल्ला व्यापी खुल्ला विद्यालय स्तरिय उसु प्रतियोगिताको उपाधी हिलवल्र्ड ईग्लिस बोर्डिङ स्कुलले प्राप्त गरेको छ। शिअ उसु क्वानको आयोजनामा धनगढीमा बिहीबारदेखि शुरु भएको प्रतियोगितामा हिलवल्र्डले पाँच गोल्ड, चार रजत र एक कास्य पदक प्राप्त गरेर प्रथम स्थान बनाउन सफल भएको हो।

यस्तै, पाच गोल्ड, दुई रजत र एक कास्य पदक प्राप्त गर्दै सरस्वती माध्यामिक विद्यालय दोस्रो र पाच गोल्ड र छ कास्य पदक प्राप्त गर्दै थ्री स्टार तेस्रो स्थान बनाउन सफल भएको हो। उनीहरुलाई कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंहले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

यस्तै, उसुका अन्य विधामा प्रथम, दोस्रो र तेस्रो भएका खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो। प्रतियोगितामा जिल्लाका २२ विद्यालय सहभागिता रहेको थियो। जिल्ला उसु प्राविधिक कमिटिका संयोजक राजीव गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा सिनियर अहेव भरतबहादुर खाती, पूर्व राष्ट्रिय खेलाडी भुपेन्द्र बोहरा, उसुका प्रशिक्षक, अभिभावक लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन उसु प्रशिक्षक रतन खातीले गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस