इष्टु शिक्षक यूनियन कैलालीको अध्यक्षमा जोशी
संस्थागत बिद्यालय शिक्षक यूनियन (इष्टु) कैलालीको अध्यक्षमा शिवराज जोशी चयन भएका छन्। धनगढीमा भएको जिल्लाको छैठौ अधिवेशनले जोशीलाई अध्यक्ष चयन गरेको हो। उपाध्यक्षमा दिपा सेठी, र विवेक वि.क, महासचिवमा रविन्द्र भण्डारी, सचिवमा भक्त सिँह परियार, कोषाध्यक्षमा सुरेन्द्र सिँह ढाट चयन भएका छन्। सदस्यहरुमा पुस्पराज ओझा, निर्मल धमला, प्रेमबहादुर ओली र लालबहादुर धामी चयन भएका छन्।