सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको  मूल्यमा भारी वृद्धि

२०८२ पुष ८, १२:४८ रासस

काठमाडौँः आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा रू पाँच हजार ५०० र चाँदीको मूल्य रू २० ले वृद्धि भएको छ।

आज छापावाल सुनको मूल्य तोलामा रू २ लाख ६७ हजार २०० कायम भएको छ भने चाँदीको मूल्य तोलामा रू चार हजार २५५ पुगेको छ।

छापावाल सुन सोमबार तोलामा रु दुई लाख ६१ हजार ७०० सय कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य रू चार हजार २३५ थियो।

अन्तरराष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ।
 

कमेन्ट लोड गर्नुस