धनगढी–१ शिव नगरका जोशी दम्पतीले गरे कपडा सहयोग
२०८२ पुष ७, १२:४९
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ५७ थान कपडा सहयोग गरिएको छ।
धनगढी–१ शिव नगर निवासी श्रीमान रमचन्द्र जोशी र श्रीमती कलावती जोशीले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गदै आईरहेको छ।
कमेन्ट लोड गर्नुस