सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा संकलनका लागि धनगढीका चोकहरुमा गाडी

२०७६ साउन २५, ०९:०२ खबर संवाददाता

धनगढी उप–महानगरपालिका वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकका लागि कपडा संकलन गर्न धनगढीका चोकहरुमा गाडी राखिएको छ। धनगढी ट्राफिक चौराह, एनएन चोक र क्याम्पस चोकमा गाडी राखिएको हो। बिहान ८ बजे देखि १० बजे सम्म गाडी तीन चोकमा हुनेछन्। पुराना तर लगाउन मिल्ने लुगा–कपडाहरु निःशुल्क वितरणका लागि संकलन गर्न लागिएको हो। सोमवार उद्धघाटन गरिएको कपडा बैंकका लागि कपडा संकलन गर्न से.१ च २१५१ नम्बरको गाडी ट्राफिक चौराहमा, से. १ च २१५२ नम्बरको गाडी एलएन चोक र से.१ च २२११ नम्बरको गाडी क्याम्पस चोकमा राखिएको छ। 

कपडा बैंकमा कपडा दान गर्न सबैलाई  सञ्चालक गोपाल हमालले आग्रह गरेका छन्। उनले संकलन भएको कपडा बैँक मार्फत वितरण हुने बताए। बैंक दैनिक विहान ८ बजेदेखि १० तथा साँझ ५ देखि ७ बजे सम्म खुल्ला हुन्छ। समाज सेवाको एक फरक उदाहरण प्रस्तुत गर्नको लागि धनगढीका व्यवसायीहरु गोपाल हमाल, श्याम हमाल र देवेन्द्र हमालको १५ लाख लगानीमा कपडा बैंक स्थापना गरिएको थियो। बैंकबाट आवश्यक परेका लुगाकपडा संगै अन्य दैनिक जिवनमा प्रयोगमा आउने सामाग्रीहरु संकलन र वितरण  भइरहेको छ।

कमेन्ट लोड गर्नुस