सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–२ बैयाबेहेडीका सिंह दम्पतीले गरे कपडा सहयोग

२०८२ पुष ३, ११:५४ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ २५ थान कपडा सहयोग गरिएको छ।

धनगढी–२ बैयाबेहेडी निवासीे जनक बहादुर सिंह र श्रीमती गिता देवि सिँहले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेका हु्न्।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो। 

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ। हुनेले सहयोग गर्ने र नहुनेलाई सहयोग पुगाउने उद्देश्यले कपडा बैंक स्थापना गरिएको हो।

धनगढीका स्थानीयले कपडा बैंकलाई कपडा सहयोग गर्दै आएका छन्।
 

कमेन्ट लोड गर्नुस