कैलाली अदालतले सजाय तोकेपछि फरार रहेका कञ्चनपुरका एक जना पक्राउ
धनगढीः जिल्ला अदालत कैलालीले सजाय तोकेपछि फरार रहेका कञ्चनपुरका एक जना पक्राउ परेका छन्।
अदालतको फैसलाले सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय र २ हजार जरिवाना तोकेपछि फरार रहेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ राष्टीय निकुन्ज बस्ने मानबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो। रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको जनाएको छ।