सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जिप दुर्घटना: चालक घाइते

२०८२ पुष २, १२:५६ खबर संवाददाता

बैतडी: बैतडीमा जिप दुर्घटना हुँदा चालक सामान्य घाइते भएका छन्।

जिल्लाको थालाकाँडाबाट डडेल्धुरातर्फ जाँदै गरेको से १ ज ७४८ नम्बरको जिप मंगलबार दिउँसो करिब १ बजेतिर सिगास गाउँपालिका–६ भेडे भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए।

कच्ची सडकमा जिप ब्याक गर्ने क्रममा चिप्लिएर करिब ५ मिटर तल सडक छेउमा खसेको प्रहरीले जनाएको छ। जिपमा चार जना यात्रु सवार रहेकामा सबै यात्रु सकुशल रहेका र उनीहरू गन्तव्यतर्फ गइसकेका छन्।

दुर्घटनामा जिप चालक सिगास गाउँपालिका–६ का २१ वर्षीय करन धामी सामान्य घाइते भएका छन्। उनको घुँडामा चोट लागेको र हाल डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस