सुदूर नेपाललाई विश्वसँग जोड्दै

हावाहुरी पीडितलाई लाईन्स क्लब धनगढीको सहयोग

२०७६ साउन २४, ०६:३९ खबर संवाददाता

लाईन्स क्लब अफ धनगढी ग्रीन सिटिले हावाहुरी पीडित बालबालीकाहरुलाई सहयोग गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १५ उर्मीमा रहेका हावाहुरी पिडित बालबालीकालाई सहयोग गरेको हो। बुवाआमाले छोडेर एक्लै बस्दै आएका ४ जान भाईबहिनिलाई लाईन्स क्लब अफ धनगढी ग्रीन सिटिले खाद्यन्न, स्कुल ड्रेस र स्टेशनरी सामाग्री सहयोग गरेको हो। १ वर्षका लागि पुग्ने गरी सबै कुरा सहयोग गरेको लाईन्स क्लब अफ धनगढी ग्रीन सिटिका अध्यक्ष गोबिन्द खतिवडाले जानकारी दीए।

उनले बालबालीकाका लागि पुस्तक व्यवसायी श्याम पाठकले वर्षभरीका लागि स्टेशनरी सहयोग गरेका हुन भने अन्य सामान धनगढी ग्रीन सिटिले उपलब्ध गरेको बताए। चार भाई बहिनीकी जेठी दिदी भावना बोहराले कहिले कसैसग त कहिले कसैसग सहयोग मागेर दैनिकि चलाउदै आएका बेला सहयोग पाएपछि केहि राहत हुने बताईन।

उनले हावाहुरी आएपछि दैनिकि चलाउन नै समस्या भएकाबेला सस्थाले गरेको सहयोगले स्कुल जान र घर चलाउन सहयोग हुने भन्दै सस्थालाई धन्यबाद ब्यक्त गरीन्। हावाहुरीबाट विस्थापित भएका बेला बोहराको घर युवा व्यवसायी शुभ ठाकुरले निर्माण गरेका थिए। 

कमेन्ट लोड गर्नुस