सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा प्रथम सत्यवती छात्र फुटबल कप: पहिलो दिन ८ खेल सम्पन्न

२०८२ पुष १, ०२:५५ खबर संवाददाता

अत्तरिया: कैलालीको अत्तरियामा जारी प्रथम सत्यवती छात्र फुटबल कपअन्तर्गत पहिलो दिन सोमबार ८ वटा खेल सम्पन्न भएका छन्। सत्यवती एकेडेमीको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा विभिन्न विद्यालयका टिमबीच प्रतिस्पर्धा भएको हो।

प्रतियोगिताको पहिलो खेलमा समैजी माध्यमिक विद्यालयले आयोजक सत्यवती एकेडेमीलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। उक्त खेलमा समैजी माविका खेलाडी अनिस नेपाली ‘प्लेयर अफ द म्याच’ घोषित भए।

त्यस्तै दोस्रो खेलमा लोटस आई माविले विद्याभूषण पब्लिक स्कुललाई ५–० गोलअन्तरले हराउँदै शानदार जित हात पा¥यो। सो खेलमा लोटसका प्रिन्स नागरी ‘प्लेयर अफ द म्याच’ घोषित भए।

पहिलो दिनको तेस्रो खेलमा दुर्गाज्योती स्कुल विजयी भयो भने चौथो खेलमा एरिष्टो माध्यमिक विद्यालयले सक्षम पाठशालालाई ३–० गोलअन्तरले पराजित ग¥यो। उक्त खेलमा उमेर कुँवर ‘प्लेयर अफ द म्याच’ घोषित भए।

पाँचौँ खेलमा सनलाईट स्कुलले ज्ञानज्योती एकेडेमीलाई ट्राइब्रेकरमा पराजित गर्दै जित निकालेको हो। सो खेलमा अमित लुहार ‘प्लेयर अफ द म्याच’ घोषित भए।

छैटौँ खेलमा पुष्पाञ्जली एकेडेमीले ज्ञानदीप स्कुललाई ३–१ गोलअन्तरले हरायो। खेलमा हिमान्स भट्ट ‘प्लेयर अफ द म्याच’ बने।

सातौँ खेलमा दुर्गा भवानी माध्यमिक विद्यालयले किड्स जोन एकेडेमीलाई ३–० गोलअन्तरले पराजित गर्‍यो। सो खेलमा सन्तोष बिष्ट ‘प्लेयर अफ द म्याच’ घोषित भए।

प्रतियोगिताको पहिलो दिनको अन्तिम खेलमा साधना पथ एकेडेमीले जनकल्याण एकेडेमीलाई २–० गोलअन्तरले पराजित गर्दै जित दर्ता गर्‍यो। उक्त खेलमा लिलम साउँद ‘प्लेयर अफ द म्याच’ घोषित भए।

आयोजकका अनुसार प्रतियोगिताअन्तर्गतका खेलहरू मंगलबार पनि जारी रहनेछन्।
 

कमेन्ट लोड गर्नुस