सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्ट्रेलियाका बोन्डाइ बीचमा बन्दुक हमलाः १५ जनाको मृत्यु

२०८२ मंसिर २९, १२:०२ खबर संवाददाता

सिड्नी: अस्ट्रेलियाको न्यू साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले सिड्नीको बोन्डाइ बीचमा भएको बन्दुक हमलामा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। आक्रमणकारीमध्ये एक जनाको पनि मृत्यु भएको छ।

मृतकहरूको उमेर १० वर्षदेखि ८७ वर्षसम्म रहेको बताइएको छ। प्रहरी आयुक्त माल लान्यनका अनुसार आक्रमणकारीहरू ५० र २४ वर्षका बुवा–छोरा हुन्।

प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको हो भने २४ वर्षीय युवकको अवस्था गम्भीर छ। घटनापछि घटनास्थलमा ड्यूटीमा रहेका प्रहरीसहित ४२ जनालाई अस्पताल लगिएको थियो।

प्रहरीले ५० वर्षीय व्यक्तिसँग हतियारको लाइसेन्स रहेको र उनको नाममा छ वटा हतियार दर्ता रहेको जनाएको छ। साथै, बोन्डाइ बीचबाट थप छ वटा हतियार पनि बरामद गरिएको छ।
 

कमेन्ट लोड गर्नुस