सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

२०८२ मंसिर २९, ०८:०५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन्।

जिल्लाको लालझाडी गाउँपालिका-२ कञ्जबाट सोही ठाउँ बस्ने २८ वर्षीय छोट राम डगौरालाई २६० मिलिग्राम खैरो हेरोइनसहित आइतवार प्रहरीले पक्राउ गरेको हो। डगौरालाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी पुनर्वास नगरपालिका–५ दोदापुल स्थित बेलौरीबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ह १९५० नम्बरको अटोलाई चेकजाँच गर्दा अटो चालक पुनर्वास नगरपालिका–१० बस्ने  २२ वर्षीय रोसन सिंह साउद, अटोमा सवार पुनर्वास नगरपालिका–११ बस्ने २० वर्षीय कैलाश खत्री र धनगढी उपमहानगरपालिका–२ बस्ने १८ वर्षीय किशोर खैरो हेरोइनसहित पक्राउ परेका हुन्। तिनै जनालाई १५० मिलिग्राम खैरो हेरोइनसहित फेला पारी इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस