सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका एक युवक लागूऔषधसहित पक्राउ

२०८२ मंसिर २९, ०७:४४ खबर संवाददाता

धनगढीः कैलालीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको जानकी गाउँपालिका–५ घर भई हाल लम्कीचुहा नगरपालिका–३ ब्यवस्थितनगरमा कोठा गरि बस्ने २८ वर्षीय सुनिल कुमार चौधरी लागूऔषधसहित पक्राउ परेका हुन्। चौधरीको कोठा खानतलासी गर्दा उनको कोठाबाट ८ ग्राम ५८० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई इलाका प्रहरी कार्यालय लम्की, कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस