सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराबाट प्रतिनिधिसभा चुनावमा शेरबहादुर देउवा एकल रूपमा सिफारिस

२०८२ मंसिर २५, ०३:५१ खबर संवाददाता

डडेल्धुरा: आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल रूपमा सिफारिस गरिएको छ। बिहीबार बसेको नेपाली कांग्रेस डडेल्धुराको बैठकले देउवालाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गर्ने निर्णय अघि सारेको हो।

जिल्ला सभापति भीमबहादुर साउँदका अनुसार सिफारिस सूची प्रदेश समितिलाई पठाइएको छ। यसअघि नै डडेल्धुरा कांग्रेसका नेताहरूसँगको छलफलमा देउवाले आगामी निर्वाचन आफ्नो अन्तिम प्रतिनिधिसभा चुनाव हुने उल्लेख गरेका थिए।

देउवा अब डडेल्धुराबाट आठौँपटक संघीय चुनाव लड्न तयारीरत छन्। उनले यसअघि २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालका निर्वाचनहरूमा पनि यही क्षेत्रबाट विजयी हुँदै आएका छन्।

यस्तै, समानुपातिक तर्फ नरभान कामी र मानकुमारी थापालाई सिफारिस गरिएको छ भने राष्ट्रिय सभाका लागि भीमबहादुर साउँद र रघुवर भट्टको नाम सिफारिस भएको जिल्ला सचिव हेमराज चटौतले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस