सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुरै गाउँ पहिरोको जोखिममा

२०७६ साउन २४, ०६:५१ प्रकाश सिंह

बाजुरा–गौमुल गाउँपालिका–१ अन्द्राडी गाउँ पहिरोको जोखिममा परेको छ। गाउँमा रहेका ४२ परिवार जोखिममा रहेको गाँउपालिकाकी उपाध्यक्ष सिता थापाले वताईन्। गाँउको बिच भागमा पहिरो आएपछि पानी परेको बेला घरबाट निस्केर अन्य स्थानमा जाने गरेको स्थानियले बताएका छन्। अन्य ठाँउमा जान र बस्न कुनै ठाँउ छैन्, निकै त्रास पुर्ण वातावरणमा बस्नु परेको स्थानीय धनबहादुर रोकायाले वताए। केही दिन पहिले गौमुल गाउँपालिका–६ बसाला शान्ति टोलमा पहिरोका कारण आमा छोरीको मृत्यु भएको थियो।

सोही गाउँपालिकामा भएको घटना सेलाउँन नपाउँदै गाउँमाथिबाट पहिरो बग्न थालेपछि स्थानीय  त्रसित बनेका छन्। गौमुल गाउँपालिकाका उपाध्यक्ष थापा सहितको टोली पहिरोको अवस्था बुझ्न विकट गाउँ अन्द्राडी नै पुगेको छ। पहिरोको अवस्था र तत्काल गर्न सकिने व्यवस्थापनका बारेमा बुझन् उनीहरु गाउँ पुगेका हुन्। बर्षाले बाजुराका अन्य दर्जनौ बस्ति पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन्। 
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस