सुदूरपश्चिमका डान्सर सुरेश नेपालीको पुनरागमन : महोत्सवमा प्रस्तुति दिने
२०८२ मंसिर २३, ०६:०२
धनगढीः सुदूरपश्चिमका चर्चित डान्सर सुरेश नेपाली सुदूरपश्चिम महोत्सवमा आफ्नो पुनरागमन गर्दै विशेष प्रस्तुति दिने भएका छन्।
उनि करिब एक वर्षपछि सार्वजनिक ठूलो मञ्चमा फर्कन लागेका हुन्। सुदूरपश्चिमका चर्चित परफर्मरका रूपमा चिनिएका नेपाली आधुनिक नृत्य, हिप–हप, फ्री–स्टाइलदेखि देउडा–लोक नृत्यसम्म सबै शैलीमा प्रसतुती दिने गर्दछन्।
महोत्सवमा नेपालीसँगै चर्चित मोडल अनु खड्काको उपस्थितिलेसमेत कार्यक्रमलाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
कमेन्ट लोड गर्नुस