सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको ज्यानमारा नदी, १० बर्षमा ७ जना बेपत्ता

२०७६ साउन २३, ०६:३८ प्रकाश सिंह

बाजुराको सर्वाधिक बिकट ठाँउमा रहेको छिन्दु नदीमा पुल नहुँदा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको छ। हिमाली गाँउपालिका ३ गुम्बा र बौडीको बिचमा पर्ने छिन्दु खोलामा १० बर्ष यता ७ जना नदीमा बगेर बेपत्ता भईसकेका छन्। स्थानीय लालु कुँवर भोटेले नदी तरेर हिमाली गाँउपालिका ३ गुम्बा गाँउ र हिमाली क्षेत्रमा आवतजावत गर्नुपर्ने तर पुल नहुँदा नदी ज्यानमारा बनेको बताए। 

स्थानीय छन्देब लामा, फुली गुरुङ्ग, लुलु गुरुङ्ग, फुलमाया कुवर र गुराउसे लामाको नदी तर्ने क्रममै बगेर मृत्यु भएको हो। स्थानीय फुलमति गुरुङ्गले छिन्दु खोला र गुम्बा खोलामा पुल नहुँदा डोरीले तानेर वारपार गर्ने गरेको बताए। बाजुराको सर्वाधिक बिकट गुम्बा गाँउ जाने दुई नदीमा झोलुङगे पुल समेत छैन्। अहिले बर्षातको समयमा भने पुर्ण रुपमा आवतजावत बन्द भएको छ। गुम्बा गाँउमा २६ परिवारको बसोबास रहेको छ। 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस