कृषि क्षेत्रमा योगदान पुर्याएबापत रविनकान्त पन्त सम्मानित
२०८२ मंसिर २३, ०३:२०
धनगढी: कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका रविनकान्त पन्तलाई कैलाली उद्योग वाणिज्य संघले सम्मानित गरेको छ। सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहमा कृषि पेशामा सक्रिय पन्तलाई कदर गर्दै सम्मान प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वर खनालले पन्तलाई कदरपत्रसहित सम्मान गरे।
पन्त माछापालन लगायत विभिन्न कृषि क्षेत्रमा सक्रिय रहँदै कृषक समुदायका लागि महत्वपूर्ण योगदान दिँदै आएका छन्।
कमेन्ट लोड गर्नुस