डा. टीएन जोशीलाई भाषा तथा साहित्य क्षेत्रमा योगदान पुर्याएकोमा सम्मान
२०८२ मंसिर २३, ०३:१६
धनगढी: सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीलाई भाषा तथा साहित्य क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान प्रदान गरिएको छ। कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहमा उपकुलपति जोशीलाई सम्मानित गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वर खनालले डा. जोशीलाई सम्मानपत्र हस्तान्तरण गर्दै उनको साहित्यिक तथा भाषा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे।
कमेन्ट लोड गर्नुस