सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका समाजसेवी सिबी चन्द सुदूरपश्चिम महोत्सवमा सम्मानित

२०८२ मंसिर २३, ०३:११ खबर संवाददाता

धनगढी: समाजसेवा क्षेत्रमा सक्रिय सिबी चन्दलाई कैलाली उद्योग वाणिज्य संघले सम्मान प्रदान गरेको छ। सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहमा चन्दलाई समाजसेवा क्षेत्रका योगदानको कदर गर्दै सम्मानित गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वर खनालले चन्दलाई सम्मानपत्र हस्तान्तरण गरे।

चन्द लायन्स क्लब इन्टरनेशनलमार्फत लामो समयदेखि विविध सामाजिक सेवामा संलग्न रहेका छन्। साथै, उनी धनगढीस्थित सिद्धार्थ शिशु सदनका प्रधानाध्यापकका रूपमा पनि कार्यरत छन्।
 

कमेन्ट लोड गर्नुस