स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै डा. प्रदीप मिश्र र डा. मोहन साउँद सम्मानित
धनगढी: कैलाली उद्योग वाणिज्य संघले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका दुई चिकित्सकलाई सम्मान प्रदान गरेको छ। सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहमा सेती प्रादेशिक अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र र माया मेट्रो हस्पिटलका प्रबन्ध निर्देशक तथा वरिष्ठ नवजात शिशु र बालरोग विशेषज्ञ डा. मोहन साउँदलाई सम्मानित गरिएको हो।
स्वास्थ्य सेवा क्षेत्रको उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै दुबै चिकित्सकलाई सम्मान गरिएको आयोजकहरूले बताए। डा. मिश्र निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका सञ्चालकको रूपमा पनि सक्रिय रहँदै स्वास्थ्य सेवामा योगदान दिँदै आएका छन्।