सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका होटल व्यवसायी कलम बमलाई उद्योग वाणिज्य संघद्वारा सम्मान

२०८२ मंसिर २३, ०३:०१ खबर संवाददाता

धनगढी: कैलाली उद्योग वाणिज्य संघले होटल व्यवसाय क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका कलम बमलाई सम्मान प्रदान गरेको छ। सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहका क्रममा सनलाइट होटलका सञ्चालक बमलाई सम्मानित गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वर खनालले बमलाई कदरपत्र हस्तान्तरण गर्दै उनको व्यवसायिक योगदानको प्रशंसा गरे।

बम होटल व्यवसायी संघ कैलालीका पूर्वअध्यक्ष हुन्। हाल उनले धनगढीमा पाँचतारे होटल सञ्चालनको तयारी गर्दै होटल क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्य अघि सारिरहेका छन्।
 

कमेन्ट लोड गर्नुस