अर्थमन्त्री खनालद्वारा चिसापानीमा निर्माणाधीन जालपादेवी केबुलकार तथा रिसोर्ट अवलोकन
धनगढी: अर्थमन्त्री रामेश्वर खनालले कैलालीको चिसापानीस्थित निर्माणाधीन जालपादेवी केबुलकार तथा रिसोर्टको अवलोकन गरेका छन्। सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार मानिने चिसापानीमा आईएमई ग्रुपको लगानीमा केबुलकार र रिसोर्ट निर्माण कार्य तीव्रगतिमा भइरहेको छ।
अवलोकनका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका प्रबन्ध निर्देशक चन्द्र ढकाल पनि सहभागी थिए। ढकालका अनुसार यो परियोजनाले साहसिक, धार्मिक तथा मनोरञ्जन पर्यटनलाई थप प्रवद्र्धन गर्नेछ तथा सुदूरपश्चिम प्रदेशका लागि ‘गेम चेन्जर’ बन्नेछ।
सो अवसरमा अर्थमन्त्री खनालले निजी क्षेत्रले अघि सारेका परियोजनाहरू तोकिएको समय र बजेटमै सम्पन्न हुँदै गएकोप्रति सन्तुष्टि व्यक्त गरे।