चोरी मुद्दामा फरार कञ्चनपुरका एक जना २७ वर्षपछि पक्राउ
२०८२ मंसिर २३, ०७:४५
कञ्चनपुरः चोरी मुद्दामा फरार कञ्चनपुरका एक जना २७ वर्षपछि पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको मिति २०५५ वैशाख २७ गतेको फैसलाले चोरी मुद्दामा १ महिना कैद सजाय र १२ हजार जरिवाना तोकिएको कञ्चनपुरको पुनर्वास नगरपालिका-३ बस्ने ६३ वर्षीय राम सिंह तामाङ पक्राउ परेका हुन्। तामाङलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस