कञ्चनपुरबाट भन्सार छलिका अवैध औषधि बरामद
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलिका अवैध औषधि बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्कबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख बराबरको भन्सार छलिका अवैध औषधि बरामद गरिएको हो। भन्सार छलिका न्युरो म्याक्स, अथोफ्रिल एण्ड वाम्स औषधि लगायतका सामान अस्थायी प्रहरी बिट बसपार्क, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी सोमवार नियन्त्रणमा लिएको जनाएको छ।