कञ्चनपुरबाट लागूऔषधसहित धनगढीका ३ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित कैलालीको धनगढीका ३ जना पक्राउ परेका छन्।
गोप्य सूचनाको आधारमा कञ्चनपुरको बेलौरी नगरपालिका–६ महाकाली क्याम्पस नजिक बेलौरी तर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१ ह ५५०५ नम्बरको अटोलाई चेकजाँच गर्दा अटो चालक कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाडी बस्ने २७ वर्षीय नरेन्द्र बोहरा, अटोमा सवार धनगढी चौराहा बस्ने ३६ वर्षीय प्रेम खत्री र धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने ४० वर्षीय चक्रपति गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट २ ग्राम ५० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, अटोसहित तिनै जनालाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।