सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ताल्चा तोडेर ६ तोला सुनसंगै झण्डै ५ लाख नगद चोरी

२०७६ साउन २३, ०४:४० खबर संवाददाता

धनगढीमा ढोकाको ताल्चा तोडेर गरगहना सहित नगद चोरी भएको छ। धनगढी उप महानगरपालिका वडा नम्बर ४ बोराडाँडीमा रहेको शारदा बिष्टको घरबाट करिब ६ तोला सुनसंगै झण्डै ५ लाख नगद चोरी भएको हो। साउन १९ गते घरमा ताल्चा लगाएर माइत गएकी बिष्टले २२ गते घर फर्किदा चोरी भएको थाह पाएकी हुन्।

घर पुगेपछि दराजमा रहेको १ तोलाको मंगलसुत्र, १ तोलाको तिलहरी, डेढ तोलाको सिक्रि, ब्रासलेट, औँठी लगायत सुनका सम्पुर्ण गरगहना संगै गाडीको किस्ता तिर्न दराजमै राखेको नगद ४ लाख ८३ हजार समेत चोरी भएको उनले बताइन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले मुचुल्का उठाईसकेको तर अहिले सम्म पीडितबाट जाहेरी नआएको बताए। 
 

कमेन्ट लोड गर्नुस