भीम रावलकाे उपस्थितिमा नेपाली कम्युनिस्ट पार्टीले भोलि अत्तरियामा एकता सन्देश सभा गर्ने
अत्तरिया: नेपाली कम्युनिस्ट पार्टीले अत्तरिया स्थित नमस्ते पार्टी प्यालेसमा सोमबार ९भोलि० नगर एकता सन्देश सभा आयोजना गर्न लागेको छ।
एकता सन्देश सभाका प्रमुख अतिथि पार्टीका नेता भीम रावल रहने जनाइएको छ, जानकारी नेपाली कम्युनिस्ट पार्टी गोदावरीका नेता धर्म कुँवरले दिएका छन्।
नेपाली कम्युनिस्ट पार्टीले मंसिर १२ गते धनगढीमा पनि एकता सभा आयोजना गरेको थियो। माओवादी केन्द्र र एकीकृत समाजवादी सहित १२ वटा घटक बिच एकीकरण भएपछि नवगठित पार्टी हाल प्रदेश र स्थानीय तहमा एकता सभाहरू गर्दै आएको छ।