कञ्चनपुरमा भन्सार छलीका अवैध सामग्री बरामद
कञ्चनपुर: जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत खटिएको गस्ती टोलीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा भन्सार छलि ल्याइएका सामानहरू नियन्त्रणमा लिएको छ।
बरामद सामानहरूमा सख्खर, आलु, विभिन्न किसिमका फलफुल, मलखाद, कैची, प्रिन्टर, कार्टिज, मेडिजिलाइड हाइपो डर्मिक सुई लगायतका वस्तुहरू रहेका छन्। अनुमानित मूल्य रु. २,१२,८८० रहेको बताइएको छ।
सामानहरू पुनर्वास नगरपालिका–११ काठेपुल, बेलौरी नगरपालिका–६ भुराकोट, दोधारा चाँदनी नगरपालिका–४ लठ्ठाघाट र ऐर–६ आमबँगैचाबाट अवैध रूपमा भारतबाट भन्सार छलि ल्याइएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बरामद सामान नियन्त्रणमा राख्दै थप अनुसन्धान सुरु गरेको छ।