सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका एक पुरुष चरेशसहित कैलालीबाट पक्राउ

२०८२ मंसिर २०, ०८:२३ खबर संवाददाता

धनगढीः बाजुराका एक पुरुष चरेशसहित कैलालीबाट पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले बाजुराको स्वामिकार्तिक गाउँपालिका–२ घर भइ हाल कैलालीको लम्कीचुहा नगरपालिका–१ थपालीपुर बस्ने ५७ वर्षीय शंकर हमाललाइ चरेशसहित प्रहरीले पक्राउ गरेको हो।

हमाललाई थपालीपुरको भित्री सडकखण्डमा पैदल हिडिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा उनको साथबाट १८ ग्राम ६ मिलिग्राम चरेश फेला पारि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्की, कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस