सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले करोडौ खर्च गरेपनि प्रदेशमा सरकारी स्वास्थ्य सेवा सुधार भएन

२०७६ साउन २३, ०१:४९ रोशन भट्ट

सुदूरपश्चिम सरकारले गत आर्थिक बर्ष करोडौ खर्च गरेपनि प्रदेशमा सरकारी स्वास्थ्य सेवा सुधार हुन सकेको छैन्। जिल्ला अस्पतालको र स्वास्थ्य चौकीहरुको स्तरोन्नती, उपकरण खरिद, बर्थीङ सेन्टर स्थापना लगायतका विषयमा प्रदेश सरकारले करोडौँ खर्च गरेपनि सरकारी स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको हो। जस्ले गर्दा अहिले पनि प्रदेशबाट स्वास्थ्य सेवाका लागि परनिर्भरता घट्न सकेको छैन्। 

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रगती प्रतिवेदनमा स्वस्थ्य क्षेत्रको लागि करोडाँै लगानी गरेको उल्लेख गरिएको छ। जिल्ला अस्पतालहरुको स्तरोन्नतीसंगै वर्थिङ सेन्टरहरुको स्थापन र विभिन्न उपकरणहरु खरिद गरि वितरण गर्नुलाई स्वस्थ्य क्षेत्रको प्रमुख उपलब्धी प्रतिवेदनमा उल्लेख छ। कञ्चनपुरको महाकाली अस्पतलको लागि सिकलसेल एनेमियाको निशुल्क जाँच, उपचार सेवा व्यवस्थापन उपकरण मेसिन खरिद गरिएको भएपनि सञ्चालनमा आउन नसकेको महाकाली अस्पतानलका सूचना अधिकारी केशव दत्त अवस्थीले बताए। उनले मेसिन अस्पतालमा राखिएको भएपनि सूचारु गर्नको लागि जनशक्ति नभएको बताए। प्रदेशको एक मात्र रेफेरल अस्पतालको रुपमा रहेको सेती अस्पतामा पनि प्रदेशको सामाजिक विकास मन्त्रालयले दुई करोड खर्च गरेर अक्सिजन प्लान्ट खरिद गरेको छ। २८ लाख जनताको स्वस्थ्यसंग जोडिएको सेती अस्पतालमा उक्त उपकरण संञ्चालनमा आउन अझै केहि साता लाग्ने अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

जटिल प्रसुती, जटिल दुर्घटनाको उपचार प्रदेशकै अस्पतालहरुमा सुरु गर्ने भन्दै एक करोड खर्च गरिएपनि परनिर्भरता भने कम हुन सकेको छैन। विभिन्न क्षेत्रमा संञ्चालन गरिएका स्वस्थ्य शिविरहरुले छोटो समयको लागि केहि नागरिकहरु लाभाम्वित भएपनि स्वस्थ्यको दीर्घकालिन समाधान भने हुन सकेको छैन्। प्रदेशको सामाजिक विकास मन्त्रालयको वार्षिक प्रगती प्रतिवेदन अनुसार जिल्ला अस्पताहरुलाई नमूना अस्पतालमा विकास, नमूना स्वस्थ्य चौकी विस्तार, प्रादेशिक आयुर्वेद प्रतिष्ठानको सम्भाव्यता अध्ययन, जडिबुडी संकलन तथा प्रशोधन केन्द्रको सम्भाव्यता अध्ययन, विभिन्न स्थानीय तहहरुको लागि अल्ट्रासाउण्ड लगायतका अन्य उपकरण खरिद संगै जटिल प्रकृतीका रोगको उपचार प्रदेशमै गराउनको लागि प्रयास गरिएको छ।

तर सामाजिक विकास मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई प्राथमिकला दिएको दावी गरेपनि प्रत्येक्ष जनतालाई लाभ हुने क्षेत्रमा काम हुन सकेको छैन्। मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले स्वास्थ्य क्षेत्रको प्रगती सुधारोन्मुख भएपनि पुर्ण रुपमा उपलब्धी हुन नसकेको बताए। प्राथमिकताको क्षेत्रमा बजेट खर्च नहुँदा सरकारी स्वास्थ्य सेवा सुधार हुन नसकेको गुनासो गरिएको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस