सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्री शाहद्धारा कैलालीको पूर्वी क्षेत्रका सात आयोजनाको शिलान्यास तथा सुपरीवेक्षण

२०८२ मंसिर १९, ०३:१७ खबर संवाददाता

घोडाघोडीः सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार कैलालीको पूर्वी क्षेत्रका सात वटा आयोजनाको शिलान्यास तथा सुपरीवेक्षण गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रका महत्वपूर्ण आयोजनाको मुख्यमन्त्री शाहले औपचारिक रूपमा सूचना पाटी अनावरण, कार्य प्रारम्भको उद्घाटन तथा शिलान्यास गरेका हुन्। सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयले आयोजनाको कार्यान्वयन जिम्मा पाएकोे छ । कार्यव्रmममा पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख दीपक नेगीले सात वटै आयोजनाको विस्तृत जानकारी गराएका थिए।  

मुख्यमन्त्री शाहले मोहन्याल गाउँपालिका–७ स्थित बादेखोला र साँगुरेखोला सडक पुल निर्माण आयोजनाको उद्घाटन गरेका छन्। दुई वर्षमा निर्माण गर्ने गरेर दुई वटै आयोजना निर्माणको जिम्मा हिमसागर निर्माण कम्पनी चितवनले पाएको छ । १२ करोड ६० लाख ९० हजार ३१ रुपियाँमा बादेखोला पुल र ११ करोड २१ लाख ६७ हजार ९६८ रुपियाँमा साँगुरेखोला पुल निर्माणका लागि सो कम्पनीले जिम्मा लिएको हो ।

मुख्यमन्त्री शाहले अनुगमन तथा सुपरीवेक्षणका व्रmममा निर्माण कम्पनीलाई सम्झौताबमोजिम समयमै निर्माण कार्य गुणस्तरीय रूपमा पूरा गर्न निर्देशन दिएका छन्। मुख्यमन्त्री शाहले जानकी गाउँपालिकाको सिमाना अमौरी, थापापुर, चौँरीहँुदै सेती लोकमार्ग जोड्ने लम्कीचुहा रिङरोड निर्माण शुभारम्भ गरेका छन्। 

२.६ किलोमिटर कालोपत्रे हुने सो सडकको तु्लसी निसान जेभी टीकापुरले निर्माण जिम्मा पाएको छ । गएको असारमा सम्झौता भएको सो सडक चार करोड ३९ लाख ६४ हजार ५३० रुपियाँमा २०८३ साल असार महिनामा सम्पन्न गर्ने गरेर काम प्रारम्भ भएको हो । त्यसै गरी मुख्यमन्त्री शाहले चार वटा कालोपत्रे सडक निर्माण आयोजनाको समेत कार्य प्रारम्भ उद्घाटन भएको छ । 

डुँडेझारी टीकापुर ३.५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रेको कार्यसमेत चालु आर्थिक वर्षमा प्रारम्भ भएको छ । ६ करोड ९ लाख २० हजार ८७७ रुपियाँमा एक वर्ष छ महिनामा निर्माण गर्ने गरेर गएको असारमा निर्माण कम्पनीसँग सम्झौता भएको हो । सो आयोजना स्थलको अनुगमन गर्दै त्यसको शिलान्यास गरेका छन्। मोहन्याल गाउँपालिका–७ स्थित चिसापानी सोल्टा सडक स्तरोन्नति तथा लम्की चिसापानीदेखि राजकाँडासम्मको सडक कालोपत्रे योजनाको मुख्यमन्त्री शाहले अनुगमन गर्दै सूचना पाटी अनावरण तथा कार्यप्रारम्भको उद्घाटन गरेका छन्। 

त्यसै गरी उनले महेन्द्र राजमार्ग इन्टेक हाइड्रो, कटासे, खैरीफाँटा, जगतपुरहुँदै टीकापुर तीन पालिका जोड्ने रणनीतिक मार्गसमेत सुपरीवेक्षण रेका छन्। सो सडक एक वर्ष छ महिनामा निर्माण गर्ने गरेर पाँच करोड ६२ लाख ६६ हजार ७८७ रुपियाँमा एसएस एएस÷एचबिजेभी कम्पनी सुर्खेेतले जिम्मा पाएको छ । पुल र सडक निर्माणले जनताको दैनिक जीवनमा सहजता हुनुका साथै आर्थिक समृद्ध आउने अपेक्षा गरिएको छ ।
 

कमेन्ट लोड गर्नुस