सुदूर नेपाललाई विश्वसँग जोड्दै

नदीमा बाढी आएपछि कालंगा जलविद्युत आयोजनामा दुई करोड बढिको क्षती

२०७६ साउन २३, ०१:१२ खबर संवाददाता

बझाङ जिल्लामा निर्माणाधिन अवस्थामा रहेको कालंगागाड जलविद्युत आयोजनाको संरचना बाढीले बगाउँदा दुई करोडभन्दा बढीको क्षति भएको छ। कलंगा नदीमा आएको बाढीले निमार्णाधीन हाइड्रोपावरको नहर, सिमेन्ट, छड, गिटी, बालुवा, दुईवटा क्रसर मेसिन तथा दुईवटा जेसिभीलाई बगाउँदा दुई करोडभन्दा बढीको क्षति भएको हो। राती बाढी आएपछि ६ महिनाको काम समेत खेर गएको र दुई करोड बढिको क्षती भएको आयोजनाका निर्देशक विरेन्द्र मल्लले बताए। उनले क्षतीको एकिन विवरण भने आाउन नसकेको बताए। 

७२ मेघावाट क्षमताको कालंगा गाड जलबिद्युत आयोजनाको निर्माण तिव्र गतिमा भईरहेको थियो। नीजि क्षेत्रको लगानीमा निर्माण भईरहेको आयोजना २०७७ सालभित्रै सम्पन्न हुने गरि निर्माण भईरहेको छ। अहिले सम्म झण्डै ६५ प्रतिशत निर्माण सम्पन्न भईसकेको छ। १० वटा बैकं र अन्य निजि क्षेत्रका लगानीकर्ताहरुको १३ अर्वको लगानीमा ७२ मेघावाटको कालंगा गाड जलबिद्युत आयोजनाको निमार्ण भईरहेको हो। सानीगाड हाईड्रो र कालंगा हाईड्रो प्रालिले प्रवद्र्घन गर्न लागेको सो आयोजनाको ३ ठांउमा संरचना निमार्ण भईरहेको छ।

एउटा ईन्टेक दहबगरमा निर्माण गरि खिरातडीको बिजगडमा पावर हाउस बन्ने भएको छ भने अर्को खिरातडीको पाउटामा ईन्टेक बनी सावीकको सुनकुडा गाबिसको घोडादाउनमा पावर हाउस निर्माण गरिने छ। त्यस्तै अर्को कफलसेरीको जुनै बाट ल्याएर पिपलकोट गाबिसको खौलाधारमा पाबरहाउस निर्माण गरिने छ। यसअघि कालङ्गागाड जलविद्युत आयोजनामा तोडफोड गरिएको थियो। बझाङमा भएको युवती हत्याकाण्डमा संलग्न भएको आशंकामा प्रहरीले पक्राउ गरेका युवक उक्त जलविद्युत आयोजनामा कार्यरत रहेको भन्दै स्थानीले तोडफोड गरेका थिए। तोडफोड गर्दा १५ करोड बराबरको क्षती भएको आयोजनाले बताउँदै आएको छ। 

कमेन्ट लोड गर्नुस