धनगढीमा ‘बाल्मिकी प्लस टू राइजिङ स्टार प्रिमियर लिग’ क्रिकेट प्रतियोगिता सुरु
कैलाली: कैलालीको धनगढीमा ‘बाल्मिकी प्लस टू राइजिङ स्टार प्रिमियर लिग’ (च्एी) क्रिकेट प्रतियोगिता सुरु भएको छ। राइजिङ स्टार बोर्डिङ स्कुलको आयोजनामा धनगढी–मट्यारीस्थित श्रीकृष्ण सामुदायिक वनको खेल मैदानमा प्रतियोगिता प्रारम्भ गरिएको हो।
एक विशेष समारोहका बीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले प्रतियोगिताको उद्घाटन गरे। आयोजक–राइजिङ स्टार बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक कलेन्द्र शाहीका अनुसार ८ कक्षामुनिको यस प्रतियोगितामा कुल २४ टिमले सहभागिता जनाएका छन्।
उनका अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार, उत्कृष्ट ब्याटर, बलर तथा उदयमान खेलाडीलाई जनही २–२ हजार रुपैयाँ प्रदान गरिने व्यवस्था गरिएको छ।