सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

२०८२ मंसिर १८, ०२:२५ रासस

काठमाडौँ: बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६२५ निर्धारण भएको छ।

बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५४ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ६५५ मा कारोबार भएको थियो।
 

कमेन्ट लोड गर्नुस